२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल फाइनलमा प्रवेश, लाओससँग खेल्ने


8.112k
Shares

काठमाडौं । थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । मंगलबार दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिममा गोल गरे ।

खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले फाइनलमा लाओसको खेल्ने छ । फाइनल खेल आगामी शुक्रबार हुने छ ।