२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा


1.014k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमा हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो ।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन् ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितमा कुल १० राष्ट्र सहभागी हुनेछन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइनेछ । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा मलेसिया, साउदी अरब,कतार र ओमन रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ । प्रतियोगिताको विजेता आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सिधै छनोट हुनेछ ।

यस्तै, प्रतियोगिताको शीर्ष तीनमा रहने राष्ट्र एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।