
काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले सरकारको अकर्मण्यता र गतिहीनताले समग्र सांसदहरुमाथि प्रश्न उठेको बताउनुभएको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले सरकारले प्रतिनिधि सभा बैठकमा विधेयक पेस गर्ने विषयलाई महत्व नदिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयं संसद बैठकमा उपस्थित हुँदापनि प्रधानमन्त्रीले पेस गर्ने विधेयक अन्य मन्त्रीहरुले पेस गरेको भन्दै त्यसप्रकारको कार्यशैलीको विरोध गर्नुभयो ।
उहाँले प्रधानमन्त्री र मन्त्रिहरुले संसदलाई महत्व नदिएका बताउनुभयो । उहाँले सरकारको कारणले संसद प्रभावकारी हुन नसकेको भन्दै त्यसको दोष सम्पूर्ण सांसदहरुलाई लागेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्