१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओलम्पिक छनोटका लागि नेपाली महिला टोलीको तयारी तीव्र


143
Shares

काठमाडौं । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षणमा तयारी गरिरहेको छ ।

प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वीविरुद्ध सुखद नतिजा निकाल्ने रहेको छ ।

नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले तयारी राम्रो रहेको बताएकी छिन् । एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्न लागि नेपाली टोलीले तयारीलाई तिब्रता दिएको हो ।

नेपाल सम्मिलित समूह सीमा प्यालेस्टाइन र अफगास्तिान रहेपनि अन्तिम सयमा नाम फिर्ता लिएपछि नेपालले एउटा मात्र प्रतिद्वन्द्वी पाएको हो । नेपालमा आयोजना हुन लागेको खेलमा आउन लागेको भिएतनाम नेपालका लागि बलियो टोली भएपनि राम्रो खेल्दै सुखद् नतिजा दिलाउने लक्ष्यमा रहेको कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् ।

नेपालसँग प्रतिष्पर्धा गर्न लागेको भियतनाम टोली दक्षिण एशियाको सफल टोलीको रुपमा परिचित टोली हो । एसियाको छैठौं वरियतामा रहेको भिएतनामले १९९४ देखि नियमिति रुपमा फिफा विश्वकपमा सहभागिता जनाउँदै आएको छ । नेपालमा आयोजना हुन लागेको खेलमा युवा खेलाडीको बाहुल्यता भएको र उनीहरुले राम्रो खेल्नेमा स्ट्राइकर सावित्रा भण्डारी विश्वस्त छन् ।

यस्तै प्रशिक्षका अनन्त राज थापाले पनि तयारी अपेक्षा भन्दा धेरै राम्रो भएको र बलियो टोलीबिरुद्ध नेपाली टोलीले ऐतिहासिक खेल प्रदर्शन गर्ने बताए । भियतनाम जस्तो टोलीसँग छनोट खेल्नु नेपालका लागि राम्रो अवसर भएको र नेपाली टोलीमा भएका कमीकमजोरीलाई सुधार गर्ने मौका भिएतनामसँगको खेलबाट थाहा हुने प्रशिक्षका थापाको भनाई छ ।

छनोट खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । छनोटमा नेपालले विश्वकप खेलिसकेको भियतनामसँग खेल्दै छ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।