९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


143
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

बैठकबाट सरकारमा जाने ब्यक्तिहरुको नाम चयन गरिने छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा लगभग सहमति भएकाले कांग्रेसले बिहीबार बस्ने बैठकबाट मन्त्री बन्नेहरुको नाम पठाउन लागेको हो ।

गत मंगलबार बस्ने तय गरिएको बैठक बिहीबारका लागि सारिएको थियो ।

पार्टी पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकमा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा पनि छलफल हुने बुझिएको छ ।