
एजेन्सी । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले इन्डोनेसियाबाट यु–२० विश्वकप फुटबल आयोजनाको अधिकार खोसेको छ ।
फिफाले एक विज्ञप्ती जारी गर्दै पछिल्लो अवस्थामा इन्डोनेसियालाई प्रतियोगिता आयोजनाको अधिकार दिन नसकिने जनाएको हो ।
यु–२० विश्वकप फुटबलअन्तर्गत गत शुक्रबार इन्डोनेसियाको बालीमा खेल तालिका सार्वजनिक गर्नुपर्ने थियो । तर, बालीका गभर्नर वायन कोष्टरले इजरायली टोलीलाई प्रवेश अनुमति दिन अस्वीकार गरेपछि फिफाले ‘टाइसिट ड्र’ कार्यक्रम रोकेको थियो ।
यही विवादले इन्डोनेसियालाई मे २० तरिखदेखि हुनुपर्ने प्रतियोगिता आयोजनाको अधिकारबाट वञ्चित गरिएको हो ।
प्रतियोगितामा इजरायलको सहभागितालाई लिएर विवाद बढेपछि फिफाले इन्डोनेसियाको फुटबल संघमाथि प्रतिबन्ध लगाउने विषयमा पनि छलफल चलिरहेको जनाएको छ ।
यु–२० विश्वकपको नयाँ आयोजकको टुंगो छिट्टै लगाउने फिफाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्