१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्छ : मायाप्रसाद शर्मा


195
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले मिटरब्याजीहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले मिटरब्याजी पीडितहरु आन्दोलित भइरहेको उल्लेख गर्दै मिटरब्याजी पीडकहरुलाई कानून बनाएर नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । उहाँले पीडकहरुलाई प्रोत्साहित नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनमा ध्यान दिन सरकारलाई अनुरोध पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपाल राष्ट्रिय पुस्तकालयको हेरबिचार गर्नुपर्ने देखिन्छ । धमिरा लागेको छ । धुलोले नष्ट गरेको छ । त्यसको स्थायी रुपले व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउँछु । नयाँ उपकरणको व्यवस्थापन गर्नुपर्ने, कर्मचारीहरुको आपूर्ति गर्नुपर्ने, प्राविधिक कर्मचारीहरुको, भवन निर्माण गर्नुपर्ने र त्यसको संरक्षण गर्नुपर्ने, कागजी छ त्यसलाई हामीले डिजिटल प्रविधिद्वारा संरक्षण गर्नुपर्ने देखिन्छ ।’

त्यस्तै उहाँले द्वन्द्वकालिन घटनाहरुको सम्बन्धमा संक्रमणकालिन न्यायको विधिबाट कानून बनाएर मात्रै समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक दलहरु सरकारमा जाँदा तत्कालिन माओवादीले गरेको आन्दोलनलाई क्रान्तिकारी देख्ने र सरकारमा नहुँदा आतंककारी देख्ने प्रवृत्तिका कारण संक्रमणकालिन न्यायको विषय बल्झिराखेको बताउनुभयो ।