१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन


169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रीत गतिविधिहरुले देशमा स्थिरता नहुने बताउनुभएको छ ।

बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुग्नुभएका उहाँले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रीत गतिविधिहरु बढेको बताउनुभएको हो ।

उहाँले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहेपनि तत्काल स्थिरताको कल्पना गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताउनु हुँदै अध्यक्ष लिङदेनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिनुभयो ।

अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा आगामी वर्षको रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताउनुभयो ।