१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गठबन्धन दलहरुले नाम दिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने


585
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति शुक्रबारलाई सरेको हो ।

सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई आ–आफ्ना दलबाट सरकारमा सहभागी हुनेहरुको नाम दिने भएका छन् । नाम प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण शुक्रबार दिउँसो १ बजे हुनसक्ने बुझिएको छ ।

सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।