१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पर्यटन व्यवसायीलाई हिमाल चढ्ने सामग्रीको व्यवस्थापन गर्न भ्याई-नभ्याई


910
Shares

काठमाडौं । हिमाल चढ्ने याम सुरु भएसँगै नेपालमा विदेशी आरोहीको भीड बढ्दै जान थालेको छ ।

आन्तरिक र बाह्य आरोहीका कारण अहिले पर्यटन व्यवसायीलाई हिमाल चढ्ने चढाउने मात्र नभई हिमाल चढ्न आवश्यक पर्ने सामग्रीको व्यवस्थापन गर्न समेत भ्याई-नभ्याई भएकाे हाे । तर जे भएपनि हिमाल आरोहीहरुलाई खुशी बनाउनु पर्यटन व्यवसायीकाे कर्तव्य नै हाे ।

हिमाल चढ्ने रहर सायदैको नहोला । त्यसैले पनि यो सिजनमा हिमाल चढ्नेहरुलाई निकै चटारो परेको मात्र हैन, हिमाल चढ्नेहरुको तछाड-मछाड नै भएकाे देख्न सकिन्छ । मुख्य गरेर शेर्पा र भोटे समुदाय हिमाल चढ्न माहिर देखिन्छन् । अनि हिमाल चढ्नको लागि नेपाल आउने विदेशीहरुको भीड पनि बढ्न थालेको देखिन्छ ।

हिमाल चढ्ने समय हुँदै गर्दा हिमाल चढ्दा अत्यावश्यक वस्तुको जोहो गर्नु झनै चुनौतीपूर्ण छ । एउटा मात्र सामान छुट्यो भने हिमाल चढ्ने सपना अधुरै राखेर फर्कनु पर्ने भएकाले पनि हुन सक्छ यसको पूर्वतयारी गर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ ।

अहिले नेपालकै नाम चलेको सेभेन समिट ट्रेक, पाईनियोर एडभान्चर र एट के इक्स्पीडिसन लगायतका विभिन्न ट्रेकीङ कम्पनीलाई कसरी विदेशीलाई हिमाल चढाउने भन्ने चटारो भएकाे छ । त्यसमा पनि दैनिक उपभोग्य वस्तुदेखि हिमाल चढ्दा लैजानु पर्ने आवश्यक खाद्यान्न, हिमाल आरोहणका लागि चाहिने टेन्टदेखि र सिल्पीङ ब्याग लगायतका इक्युप्मेण्ट छुट्ला भन्ने डर पनि त्यतिकै हुन्छ ।

स्प्रीङ सिजन लाग्न साथ उनीहरु लामो सूची नै बनाएर किनमेल गर्नेदेखि उनीहरु त्यसको व्यवस्थापनसम्म तल्लीन भएको देख्न सकिन्छ । एउटा सामान छुट्यो भने विदेशबाट आउने गोराहरु रिसाउने मात्र हैन उनीहरुको हिमाल आरोहण नै प्रभावित हुने भएकाले यसरी हिमाल चढ्न जानु अघि सामानको जोहो र रुजु गर्ने गरिन्छ ।

कीर्तिमानी हिमाल आरोही लाक्पा शेर्पाले यो स्प्रीङ सिजन, अप्रील र मेको मध्य सिजन भएकाले हिमाल चढ्नकोलागि बन्दो वस्तीको सामान तयार पार्न भ्याई-नभ्याई भएको बताउनुभयाे । मकालु हिमाल आरोहणमा उहाँकाे निक्कै दक्खल छ। मकालु हिमाल चढ्नु पर्दा लाक्पाकै खोजि हुने गर्दछ ।

त्यसमा पनि आफू मात्र हिमाल चढेर भएन हिमाल चढ्न आएका विदेशी अरोहीलाई चढाउनु पर्ने चुनौती पनि उहाँलाई त्यतिकै छ। शेर्पासँग अहिलेसम्म धेरै आरोहीलाई हिमाल चढाई सेकेको रेकर्ड छ भने हिमाल चढ्नको लागि पथ प्रर्दशकको रुपमा पनि काम गर्दै आएको अनुभव छ ।

ठूलो धनराशी खर्च गरेर आएका विदेशीहरु एकै सिजनमा हिमाल चढ्न सकेनन् भने फेरी अर्को सिजनसम्म कुर्नु पर्ने भएकाले पनि चढाउनै पर्ने दवाव आरोहिहरुलाई हुन्छ । अर्का एक जना हिमाल आरोही नावा निग्मा शेर्पा पनि धेरै विदेशी पर्यटकहरु हिमाल चढ्न लालयित हुने गरेको बताउँनुहुन्छ । उहाँलाई पनि यो सिजनमा हिमाल चढाउन भ्याई-नभ्याई भएकाे छ ।

कीर्तिमानी आरोही मिङ्मा दोर्जी शेर्पा पनि अहिले हिमाल चढ्ने र विदेशीलाई हिमाल चढाउने काममा तल्लीन हुनुभएकाे छ। उहाँ विदेशीलाई हिमाल चढाउने काममा निकै माहिर मानिनुहुन्छ । हिमालसँग पौठेजोरी खेल्दै उहाँले विदेशीलाई हिमाल चढाएको धेरै भयो ।

अरु समयमा फुर्सदिला देखिने शेर्पालाई अहिले निकै चटारो भएकाे छ । एउटा सामान छुट्यो भने सर्वस्व नै स्वाहा हुने गर्दछ । विदेशीले चाहेको कुरा, बस्ने, खानेदेखि बाटो र हिमाल अरोहणका अवस्था र समय तालिका समेत तयारी गर्नुपर्दछ । तर जे भएपनि उनीहरुलाई खुशी बनाउनु ट्रेकिङ कम्पनीको काम नै हो ।

त्यसैले उनीहरुलाई सहज रुपमा हिमाल चढ्ने वातावरण बनाउन हिमाल अरोहीहरु प्रयासरत देखिन्छन् ।