
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले नेकपा (माओवादी केन्द्र) पार्टी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनुभएकाे छ ।
शुक्रबार बिहान जुम्लाको खलंगामा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । माओवादी केन्द्रको शक्ति निरन्तर घटिरहेको र नेताको महत्वाकांक्षा भने बढिरहेको पनि उहाँकाे तर्क छ।
जसका कारणले माओवादी केन्द्रलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको उहाँकाे भनाइ थियाे । माओवादी केन्द्रकाे एमाले नभए नेपाली कांग्रेस र कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज भएकाे उहाँले बताउनुभयाे । वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्य विहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गर्नुभयाे ।
अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने भन्दै उपप्रमुख रिजालले चिन्ता व्यक्त गर्नुभयाे ।
प्रतिक्रिया दिनुहोस्