६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


डाटासँग जोडिएको आशंका गर्दै इटालीले लगायो च्याट जिपिटीमाथि प्रतिबन्ध


247
Shares

एजेन्सी । इटालीले एआइ च्याटबोट च्याट जिपिटीमाथि प्रतिबन्ध लगाएको छ ।

च्याट जिपिटीमाथि प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश हो । इटालियन डाटा–संरक्षण प्राधिकरणले च्याट जिपिटी डाटासँग जोडिएको चिन्ता व्यक्त गरेको छ । च्याट जिपिटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ ।

नियामक निकायले ओपन एआईलाई तत्काल प्रभावका साथ प्रतिबन्ध लगाएको र यसको छानबिन गर्ने जनाएको छ । च्याटबोट च्याटजिपिटीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले विभिन्न प्रश्नहरूको उत्तर दिन्छ । यसले मानिसको लेखन शैलीको नक्कल गर्छ ।

माइक्रोसफ्टले यसका लागि अर्बौं डलर खर्च गरेको छ । यसलाई गत महिना आफ्नो खोज इन्जिन बिंगमा पनि थपेको छ । कम्पनीले यसलाई वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुक लगायतका अफिस एपहरूमा इम्बेड गर्ने समेत जनाएको छ ।