७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एक कप चिया दान कार्यक्रम


52
Shares

काठमाडौं । युवा नेत सेवाले विभिन्न क्षेत्रमा आँखाको निःशुल्क उपचार गर्दै आएको छ ।

देश विदेशमा रहेका विभिन्न सुभेक्षुकहरुको सहयोगबाट आर्थिक संकलन गरेर नेपालका दुर्गम क्षेत्रमा आँखाको निःशुल्क उपचार गर्दै आएको सेवाले जनाएको हाे । सेवालेले आफ्ना गतिविधिलाई अझ प्रभावकार बनाउन विगत १३ वर्षदेखि एक कप चिया दान कार्यक्रम समेत आयोजना गर्दै आएको छ ।

कुनै व्यक्ति वा संस्थाले एक वर्षसम्म दैनिक एक कप चियाको मूल्य सञ्चय गरी सहयोग गर्दै आएको सेवालेजनाएको छ । सोही सहयोगबाट प्राप्त रकमबाट देशभर मोतिबिन्दुको उपचार पनि सुरु गरेको संस्थाले जनाएको छ ।

सेवाले एक कप चिया दान अभियानमा हालसमम सहयोग गर्दै आएका विभिन्न व्यक्तिलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ ।