७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


आर्सनलले लिड्स युनाइटेडलाई हरायो


130
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई हराएको छ ।

शनिबार राति भएको खेलमा आर्सनलले लिड्सलाई ४–१ गोल अन्तरले हराएको हो ।

आर्सनलको जितमा गाब्रियल जिससले दुई गोल गरे । बेन ह्वाइट र ग्रानिट जाकाले एक एक गोल गरे । लिड्सका रासमुस क्रिस्टेनसेनले एक गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा गाब्रियल जिससले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा बेन ह्वाइटले गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाए । ५५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए ।

७६ औं मिनेटमा रासमुस क्रिस्टेनसेनले गोल गर्दै लिड्सलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ८४ औं मिनेटमा ग्रानिट जाकाले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।

आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ । पराजित लिड्सको २६ अंक छ ।