२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्रीलाई महासंघको आग्रह


312
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएको छ ।

आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतलाई भेटर मुलुकको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको महासंघको टोलीले तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिएको हो ।

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो । यसका लागि केन्द्रीय बैंक र सरकारको संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने उहाँको सुझाव छ ।

अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्राउन दाताहरुसँग पहल गर्नुपर्ने बताउँदै स्थानीय दाताहरुसँग पनि सम्मेलन गर्न आग्रह गर्नुभएको छ । सहकारी र लघुवित्तमा तरलता बढाउने गरी काम अघि बढाउन र महासंघको टोलीले सरकारी खर्च निक्कै सुस्त रहेकाले त्यसलाई बढाउन सुझाव दिएको छ ।

नवनियुक्त अर्थमन्त्री डा. महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेको स्पष्ट पार्दै यसमा निजी क्षेत्रका छाता संस्थाको सुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने बताउनुभएको छ ।