८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


२६२२औं महावीर जयन्ती चैत २१ गते मनाइने


221
Shares

काठमाडौं । जैन धर्मका प्रवर्तक महावीर जैनको २६ सय २२औं जन्मजयन्ती यही चैत २१ गते मनाइने भएको छ ।

नेपालमा बस्दै आएका जैन धर्मवालम्वीहरुले विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने तयारी गरेका हुन् ।

राजधानीमा आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार चैत २१ गते राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा महावीर जयन्ती कार्यक्रम मनाइने छ ।

कमलपोखरीस्थित महावीर जैन भवनबाट प्रभातफेरि शोभायात्रा गर्ने तथा अर्चना सभालगायतका कार्यक्रम गरिने जानकारी आयोजकले दिएका छन् ।

अहिंसा, करुणा र परोपकारलाई मूलमन्त्र मान्ने जैन धर्मावलम्वीहरु उक्त दिनलाई अहिंसा दिवसको रुपमा समेत मनाउने गर्दछन् ।