१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिनल्याण्डको आम-निर्वाचनमा दक्षिणपन्थी पार्टीकाे बहुमत


156
Shares

एजेन्सी । फिनल्याण्डमा सम्पन्न भएकाे आम निर्वाचनबाट दक्षिणपन्थी पार्टीहरुलाई बहुमत प्राप्त भएको छ ।

कुनै पनि एकल पार्टीले बहुमत प्राप्त गर्न असफल भए पनि दक्षिणपन्थी र मध्य दक्षिणपन्थीहरुको सरकार बन्ने निश्चित भएकाे हाे । मध्य दक्षिणपन्थी पार्टी नेशनल कोअलिसन पार्टीले सबै भन्दा बढी २० दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ । अति दक्षिणपन्थी द फिन्सले २० प्रतिशत मत प्राप्त गरेको छ । प्रधानमन्त्री सान्ता मरिनको सोसल डेमोक्रेट्स पार्टीले १९ दशमलव ९ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा झरेको छ ।

२ सय सिटका लागि भएको निर्वाचनमा कुनै पनि दल बहुमत प्राप्त गर्न भने असफल भएका छन् । नेशनल कोअलिसन पार्टीका नेता पिटिरो ओर्पोले आफ्नो दललाई सबै भन्दा ठूलो जनादेश प्राप्त भएको भन्दै आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने बताएका छन् ।

युरोपेली देशहरुमा नै कान्छो उमेरकी ३७ वर्षीय प्रधानमन्त्री मरिनले पराजय स्वीकार गर्नुभएको छ ।