१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


गायिका सुनिताको स्वर रहेको ‘म पर्खिरहेछु’ गीत सार्वजनिक


169
Shares

काठमाडौं । गायिका सुनिता थेगिमको स्वर रहेको ‘म पर्खिरहेछु’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रयास दुमी राईको शब्द र सुनिताकै संगीत रहेको सार्वजनिक भएकाे गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाडाैं र ललितपुरको रमणीय स्थालहरुमा छायांकन गरिएको गीतको भिडियोमा शन्तकुमार राई र अनुशा राईको अभिनय देख्न सकिन्छ।

भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। इशाक जगेवुको छायांकन, सम्पादन तथा निर्देशनमा गीतको भिडियो तयार गरिएको छ ।

गीतको भिडियोलाई एस के आर पिक्चरबाट बजारमा ल्याइएको हो ।