७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बारा-२ मा एमालेले पुरूषोत्तम पौडेललाई उम्मेदवार बनाउने


52
Shares

काठमाडौं । नेकपा एमालेले बारा-२ को उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि साेमबार बिहान एमालेले बारा-२ का लागि उम्मेदवार बनाउने निर्णय गरेको हाे । उपनिर्वाचनका लागि साेमबार मनोनयन दर्ता हुने भएकाे छ । गत मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनमा बारा-२ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)लाई सघाएको थियो ।

जसपाबाट निर्वाचन जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा उपनिर्वाचन हुन लागेको हो । बारा-२ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुभएकाे छ । उहाँलाई सत्ता गठबन्धनको साथ रहेकाे छ ।

साथै रास्वपाबाट पनि रमेश खरेल उम्मेदवार हुनुभएकाे छ भने जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएको छ ।