१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने


104
Shares

काठमाडौं । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मौलिक यथार्थपरक, सन्देश मूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथाको अन्त्य, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडि सार्वजनिक सूचना समेत निकालेको थियो । प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी आगामी बैशाख १० गतेसम्ममा दरखास्त सहित चलचित्र बोर्डको कार्यालय अथवा ईमेल मार्फत पेश गर्नुपर्नेछ ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरु मध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी १ लाख ५० हजार, १ लाख र ७५ हजार प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु, बिशेष प्रदर्शनी आदिमा सहभागी गराउनेछ ।

प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन बर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्ने बोर्डले उल्लेख गरेको छ ।