
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि सञ्चार माध्यमहरु भजनमण्डली बन्नु नहुने बताउनुभएको छ ।
सोमबार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले कतिपय सञ्चार माध्यमहरु सरकारकोतर्फबाट पनि सञ्चालन भइरहेको उल्लेख गर्नुभयाे । सञ्चार माध्यम भजनमण्डली हुनु हुँदैन भनेर नै सैद्धान्तिक मान्यताअनुसार प्रसारण ऐन संसदमा प्रस्तुत भएको उहाँले बताउनुभयो ।
मन्त्री शर्माले प्रसारण ऐन पारित भइसकेपछि सञ्चर माध्यमहरुमा नयाँ वातावरण सिर्जना हुने पनि बताउनुभयो । मन्त्री शर्माले सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको बताउनुभयो । अहिले पनि सबै क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न नसकेको पनि उहाँकाे भनाइ थियाे ।
मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरु सञ्चार माध्यमहरुले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्