१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी : रवि लामिछाने


130
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावि पुस्ताको भविष्य सुरक्षित गर्न चितवन २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेको बताउनु भएको छ ।

सोमवार लामिछानेले उम्मेदवारी दर्ता पछि संचारकर्मीहरसँग संक्षिप्त प्रतिक्रिया दिदैं आफ्नो उम्मेदवारी भावी पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताउनु भयो ।

उहाँले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताउनु भयो । तपाईको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार प¥यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताउनु भयो ।

लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी बन्नुभएको थियो । सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त थियो ।

गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्नुभएको थियो । लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गर्नुभएको थियो । चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसैगरी तनहुँ १ र बारा २ मा पनि