२ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025


शेयर लगानीकर्ताको मनोबल उकास्ने काम गर्ने अर्थमन्त्रीको प्रतिवद्धता


455
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले शेयर बजारको समस्याप्रति चासो व्यक्त गर्नुभएको छ ।

उहाँले लगानीकर्तालाई बोलाएर यस सम्बन्धी सुझाब लिनुभएको हो । नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग अर्थमन्त्री महतले शेयर बजारमा सुधारका विषयमा परामर्श गर्नुभएको हो ।

लगानीकर्ताले अर्थमन्त्री महत समक्ष यसक्षेत्रको सुधारका लागि तत्काल चाल्नुपर्ने र क्रमिकरुपमा गर्नुपर्ने गरी जम्मा ८९ बुँदे सुझावपत्र बुझाएका छन् । पुँजी बजारको सुधारका लागि लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर सबै संलग्न भई सुझाव प्रस्तुत गरिएको लगानीकर्ताले बताएका छन् ।

उनीहरुले बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका हुन् । शेयर ऋणको १२ करोडको सीमा हटाउनुपर्ने, १ सय ५० प्रतिशत रहेको जोखिम भारलाई सय प्रतिशतमा झार्नुपर्ने, कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्नेदेखि पुँजीगत लाभकर समायोजन गर्नुपर्नेसम्मका माग लगानीकर्ताले अघि सारेका छन् ।

अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पूँजीगत लाभकर २ प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको सुझाब छ । भेटमा अर्थमन्त्री महतले लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको थियो ।