
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जनाएको छ ।
योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्