
सर्लाही, भदौ १७ । सर्लाहीको बाग्मतीमा हिजोदेखि सुरु भएको प्रदेश नं. २ स्तरीय नागरिक सम्मेलन आज सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेशभित्रका आठ वटा जिल्लाका बुद्धिजिवी, विश्लेषक, प्राध्यापक, कानून व्यवसायी, पत्रकार लगायत नागरिक अगुवाहरुको उपस्थिति थियो । प्रदेश सरकार एवं स्थानीय सरकारमा सुशासन, प्रदेशको समृद्धि विषयमा छलफल तथा भावी दिनमा निगरानी समेतका लागि सम्मेलन आयोजना गरिएको आयोजक चन्द्र किशोरले जानकारी दिए ।
कार्यक्रममा प्रदेशभित्रका समस्या, विकृति विसंगतिको पहिचान गर्दै समृद्धि प्राप्तिका लागि सम्भावनाहरुमाथि छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्