७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चेन्नाईले लखनउलाई हरायो


702
Shares

काठमाडौं । चेन्नाई सुपर किंग्सले जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

सोमबार घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नाईले लखनउलाई १२ रनले हराएको हो ।

जितको लागि २ सय १८ रनको विजयी लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनायो ।

लखनउका लागि कायल मेयर्सले ५३, निकोलस पुरनले ३२, आयुष बदोनीले २३, मार्कुस स्टोईनसले २१, कप्तान केएल राहुलले २० तथा कृष्णपा गौथमले अविजित १७ रन बनाए ।

चेन्नाईका लागि मोईन अलिले ४, तुसारदेश पान्डेले २ र मिचेल स्यान्टेनरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

चेन्नाईका लागि ऋतुराज गायकवाडले ५७, डेभोन कन्वेले ४७, अम्बादी राइडुले अविजित २७, शिवम दुवेले २२, मोईन अलिले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए ।

लखनउका लागि मार्क वुड र रबि विश्रोईले समान ३/३ तथा आवेश खानले १ विकेट लिए ।

चेन्नई पहिलो खेलमा गुजरात जायन्ट्ससँग ५ विकेटले पराजित भएको थियो । लखनउले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराएको थियो ।