
काठमाडौं । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएकाे छ।
बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हाे । शुक्रबार बस्ने बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको हाे ।
चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौडेलले गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्