१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रतिवद्धता


26
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन यहि चैत २८ र २९ गते हुने भएकाे छ ।

निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ निर्वाचनकाे सरगर्मी बढेको हाे। निर्वाचन नजिकिएसँगै व्यवसायीहरुले प्यानल बनाएर उम्मेद्वारी दर्ता गरिसकेका छन्। निर्वाचन जित्नको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार टिम बनाएर उम्मेदवार तानातानमा ब्यस्त भएका छन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ ।

वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको व्यवस्था अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी अध्यक्ष हुने हुनुभएकाे छ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिष्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदको लागि मुख्य तीन जना प्रतिष्पर्धीले आ–आफ्नो टिम घोषणा गरेका छन् । जसमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारत्रय अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले आ–आफ्नो प्यानलसहित मनोनयन दर्ता गरिसकेका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष बाहेक जिल्ला नगरतर्फको उपाध्यक्ष, वस्तुगततर्फको उपाध्यक्ष र एसोसिएट उपाध्यक्षका लागि समेत निर्वाचन हुँदैछ । तर भरत आचार्य भने उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको सर्वसम्मत एसोसिएट उपाध्यक्षको उम्मेद्वार बनेका छन् । मंगलबार आचार्य र पाण्डेबीच सहमति भएपछि अब यी दुई प्यानलबीच एशोसिएट उपाध्यक्षमा भने आचार्यको मात्रै उम्मेदवारी रहनेछ ।

अब एसोशिएट उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, टिमका भरत आचार्य र रामचन्द्र संघाई टिमकी एसोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठबीच निर्वाचनकाे प्रतिष्पर्धा हुने भएकाे छ । ज्योत्स्ना दुई दिनअघि अञ्जनको टिमलाई छोडेर वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघाईको टिममा पुगेकी थिइन् ।

वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरुले अर्थतन्त्रमा देखिएको संकटका कारण समस्यामा रहेका व्यवसायीहरुको समस्या समाधान गर्न कस्तो पहल गर्ने प्रविद्धतता जनाए भन्ने कुरा सबै व्यवसायीहरुको चासोको विषय छ । व्यवसायीहरुको समस्या समाधान गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्ने जस्ता प्रतिवद्धता उनीहरुको छ ।

अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठले भने औपचारिक कार्यक्रम गरेर व्यवसायीहरु माझ प्रतिवद्धता सार्वजनिक गर्नुभएको छैन । तर श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेदवारी भने दर्ता गरिसक्नुभएको छ ।