
काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनालाई नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ ।
शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउन प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलको प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गरिने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार आयोजना अगाडि बढाउन शेयर संरचनामा परिवर्तन गर्न लागिएको जनाइएको छ ।
प्राधिकरणको बहुमत शेयर स्वामित्व रहने गरी कम्पनीमा पुनःसंरचना गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्