
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका ब्यक्तिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ ।
नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा सूचना जारी गर्दै सार्वजनिक पद तथा सरकारी बेतनधारीहरुले आफ्ना छोरा छोरीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने बताएको हो ।
साथै नगरपालिकाले नगर क्षेत्रमा रहेका आधारभूत र माध्यमिक तहसम्मका विद्यालयहरुलाई पूर्ण निःशुल्क बनाउने निर्णय पनि गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित मेयर अजय थापाले गत वर्ष चुनावका बेला गरेको प्रतिवद्धता अनुसार आफूले सार्वजनिक शिक्षा सुधारका लागि निर्णय गरेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्