
एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जूनियर एनटीआर फिल्म ‘वार २’ मा आमने-सामने हुने भएका छन् ।
भारतीय अभिनेता ऋतिक र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो । उक्त फिल्मको दोस्रो श्रृंखलामा भारतीय र दक्षिण भारतीय दुई सुपरस्टार आमने-सामने हुने भएका हुन् ।
फिल्मको पहिलो श्रृंखलाले बक्स अफिसमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । त्यसपछि निर्माताले फिल्मको दोस्रो श्रृंखला अर्थात् ‘वार २’ बनाउने निर्णय गरेका हुन् । फिल्मको दोस्रो श्रृंखलामा ऋतिक यथावत् छन् भने अर्को क्यारेक्टरमा जूनियरको प्रवेश भएको छ । दुवैले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन् । अयानले हालै निर्देशन गरेको फिल्म ‘ब्रह्मास्त्र’ बक्स अफिसमा ब्लकबस्टर साबित भएको थियो । ‘वार’ लाई भने सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्