१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


221
Shares

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचि पनि रहेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेसहित दलका प्रतिनिधिको बुधबार बसेको बैठकले समितिमा रहने सदस्य संख्या निर्धारण गरेको थियो । १३ वटा राजनीतिक दल, एक सिट भएका र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी २१ सदस्यीय समिति बन्नेछ । जसअनुसार समितिमा नेपाली कांग्रेस ६, नेकपा (एमाले) ५, नेकपा (माओवादी केन्द्र) २ र अन्य दलका १/१ जना सांसद् सदस्य रहने छन् ।

समितिमा सभामुख, उपसभामुख र कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदेन सदस्य हुन्छन् ।