
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीको धरानबाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको टोलीले बुधबार राति धरान– १६ नौलो बस्तीबाट लागू औषधसहित स्थानीय १८ वर्षीय राजेश परियारलाई पक्राउ गरेको हो ।
पक्राउ परेका परियारको साथबाट स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रमाडोल ७ सय १८ ट्याब्लेट, गाँजा ५० ग्राम र घरेलु हतियार बरामद भएको सशत्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका परियारलाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्