
काठमाडौं । मिदास ई–क्लासले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुस्थित नमूना ईग्लिस सेकेण्डरी स्कूलसँग शैक्षिक कार्यक्रम लागू गर्र्न संझौता गरेको छ ।
स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लासबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न मिदास ई–क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो ।
दुबै संस्थाबीच एक कार्यक्रमकाबीच उक्त संझौता भएको हो । यसैगरी मिदास ई–क्लासले उदयपुरको गाइघाटस्थित त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीसँग पनि मिदास ई –क्लास द लर्निङ एप प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता गरेको छ ।

दुबै बिद्यालयसंगको संझौता पछि मिदास ई क्लासका प्रमुख बजार व्यवस्थापक अजय कुमार लामाले डिजिटल प्लेटफर्मले विद्यार्थीलाई नर्सरी देखि कक्षा १२ सम्मको हरेक किसिमका शैक्षिक आवश्यकता पुरा गर्न मद्दत गर्ने बताउनुभयो । मिदास ईक्लासमा आफ्नो स्कूलमा पढाई हुने किताबका हरेक पाठमा आधारित एनिमेटेड भिडिओ हेर्दे, रमाउदै बुझेर पढ्न पाइन्छ ।जसले गर्दा स्कुले बालबालिकाहरुले आफुलाई गार्हे लाग्ने पाठ सजिलैसँग रमाउदै र खेल्दै सिक्न सक्नेछन् ।
अहिलेका बालबालिकाहरुलाई मिदास ई– क्लासले डिजिटल बाहिर लगेर होइन,आफुसंग भएका डिजिटल डिभाईसलाई एजुकेशन डिभाईसमा बदल्नका लागि समेत यस्तो किसिमको शैक्षिक प्रविधिको ज्ञान दिने प्लेटफर्मको विकास गरिएको समेत लामाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्