
ललितपुर । ललितपुरमा क्यान्सर सचेतनाका लागि क्यान्सर विजेताहरुको र्याम शो को आयोजना गरिएको छ ।
नेपाल क्यान्सर अस्पतालको सहयोगमा नेपाल क्यान्सर सपोर्ट ग्रुपले सो कार्यक्रमको आयोजन गरेको हो । क्यान्सर रोग लागेपनि उपचारपछि मानिस आत्मबल सहित नयाँ जीवनमा फर्किन सक्छ भन्ने उद्येश्यले सचेतना जगाउन उक्त र्याम शोको आयोजना गरिएको आयोजकको भनाई छ । क्यान्सर सचेतनाका लागि यो तेस्रो रयाम शो हो । ग्रुपले क्यान्सर सचेतनाका लागि देशका विभिन्न ठाउँमा पुगेर परामर्श दिने, क्यान्सर सचेतनाक लागि समूहमा छलफल गर्ने, सामूहिक नृत्य जस्ता कार्यहरु गर्दे आइरहेको छ ।
कार्यक्रममा सहभागीहरुले सबैखाले क्यान्सर रोगको उपचार नेपालमै संभव रहेको, पछिल्लो समय विकसित प्रविधि र जनशक्ति पनि नेपालमै रहेकाले क्यान्सर लाग्दैमा विदेशमा महंगो उपचारमा जानु नपर्ने बताएका थिए । उक्त र्याम शो मा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
क्यान्सर लागेपनि समयमै उपचार, आत्मविश्वास र दृढ मनोबल बनाएर क्यान्सरलाई पराजित गरेका ३ बर्षदेखि ८५ बर्ष सम्मका मानिसले र्याम्प शो मार्फत आफ्नो खुसी साटेका थिए ।

क्यान्सर सपोर्ट ग्रुपकी अध्यक्ष स्वरूपा श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्