७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लखनउको दोस्रो जित


273
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लखनउ सुपर जायन्ट्सले दोस्रो जित हात पारेको छ ।

शुक्रबार राति एकना स्टेडियम लखनउमा घरेलु टोलीले सनराइजर्स हैदराबादमाथि ५ विकेटको जित हात पारेको हो ।

जितको लागि १ सय २२ रनको सामान्य विजयी लखनऊले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लखनउको जितमा कप्तान केएल राहुलले सर्वाधिक ३५ रन बनाउँदा क्रुनाल पान्ड्याले ३४, कायल मेयर्स १३ रन, निकोलस पुरनले अविजित ११ तथा मार्कस स्टोइनिसले अविजित १० रन बनाए ।

हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो ।

हैदराबादका राहुल त्रिपाठीले ३५, अनोमलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ तथा वासिन्टन सुन्दरले १६ रन बनाए ।

लखनउको जितमा क्रुनाल पान्ड्याले ३, अमित मिश्राले २ तथा यश ठाकुर र रवि विश्नोईले समान १/१ विकेट लिए ।

तेस्रो खेलमा दोस्रो जित हात पारेको लखनउले १० टोली सहभागी लिगमा ४ अकं सहित शीर्ष स्थानमा रहेको छ । लगातार दोस्रो हार व्यहोरेको हैदराबाद अंकबिहिन रुपमा अंक तालिकाको पुछारमा रहेको छ ।