१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जीवित छ नेवारी संस्कृति (फोटोफिचर)


1.144k
Shares

काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् ।

बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन् । नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ ।

नेपालको इतिहास खोतल्दै जाने हो भने काठमाडौं उपत्यकाको पानीले निकास पाएपछि बनेको बस्न योग्य भूमिसँगै नेवारहरूको बसोवास उपत्यकामा रहँदै आएको पाइन्छ ।

काठमाडौंका नेवारहरू राजधानीका आदिवासी मात्र होइनन्, कला, साहित्य, गीतसंगीत, खानपान, जात्रा लगायतका अनेकौं पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन् । त्यसैले त काठमाडौंमा नेवाः संस्कृतिको छुट्टै महत्व र पहिचान छ ।

नेवारहरू सिर्जनात्मकतामा विश्वास गर्छन् । अहिले पनि नेवारी समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकला लगायतका सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन् ।

साहित्य साधना, कलाकारिता, राजनीति लगायतका क्षेत्रमा काठमाडौंका नेवारहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

नेपालको धार्मिक, सांस्कृतिक परिचयको मेरुदण्डका रूपमा नेवार जाति र नेवारी संस्कृतिलाई लिन सकिन्छ ।

विश्व परिवेशमा नेवारी संस्कृति र नेवारहरूको धार्मिक गतिविधि संसारका लागि एउटा उत्तम नमूना र मानवीय सहिष्णुताको आधार पनि हो ।

नेवारहरूको पर्व, नेवारी संस्कृति र पर्व अनुसारका फरक–फरक जात्राले विश्वमा नै एउटा पृथक जातका रुपमा रूपमा स्थापित गरेको छ ।

विश्वको सांस्कृतिक रंगमञ्चमा एउटा अब्बल र सर्वप्रिय भूमिका खेल्ने गर्छ नेवारी समुदायले । तर यसो भन्दैगर्दा समयको परिवर्तनले आज नेवारी संस्कृतिको अस्तित्व खतरामा पर्दै गएको पनि छ ।

बुङमतीमा दाउरा चिर्दै बृद्ध ।
खेतमा काम गरेर फर्कदै बुङमतीका महिलाहरु ।
सानागाँउकी महिला परालको खेलौना बनाउदै ।
सिद्धिपुरका महिला सुकुल बुन्दै ।
पाटनका बृद्ध महिला पाटीमा दौतरीसँग गफिदै ।
आगन्तुकसँग पाटनकी कुमारी निहिरा बज्राचार्यलाई भेट गराउन बोकेर लैजादै उनकी आमा ।
प्याङगाँउमा प्याङ बनाउदै बृद्ध ।
ठेचोका महिलाहरु चकटी बुन्दै गफिदै ।
किर्तिपुरमा धान कुट्दै महिलाहरु ।
भक्तपुरमा माटाको भाँडा बनाउदै पुरुष ।
भक्तपुरमा माटाका भाँडा सुकाउने तरखर गर्दै महिला ।
खोकनाका बृद्धहरु विश्राम गर्दै ।
बुङमती खेतबाट फर्कदै किसान ।