२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


व्यक्तिगत चाहना त्यागेर देशको आवश्यकताअनुसार काम गर्न जरुरी : सभामुख घिमिरे


390
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आफ्नो व्यक्तिगत चाहनालाई त्यागरे देशको आवश्यकतालाई मध्यनजर गरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा लायन्स क्लवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले अहिले समाजले प्रणाली र प्रणालीलाई नेतृत्व गरिरहेका नेताहरु कुर्सीको लागि होडबाजी गरिरहेको प्रश्न उठाइरहेका बेला लायन्स क्लबले गरेका कामहरुबाट सिक्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले देशले राजनीतिमा ठूलो परिवर्तन गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै अब समाजलाई आर्थिक र सामाजिक विकास गर्नुपर्ने दायित्व पूरा गर्न आवश्यक भएको बताउनुभएको हो ।

सभामुख घिमिरेले लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक सौन्दर्यता खोज्ने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।