७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्यानचेस्टर सिटीद्वारा साउथह्याम्पटन पराजित


390
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्प्टनलाई पराजित गरेको छ ।

शनिबार राति साउथह्याम्पटनको मैदानमा भएको खेलमा सिटीले साउथह्याम्प्टनलाई ४–१ ले पराजित गरेको हो ।

खेलको ४५ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । ६८ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।

७२ औं मिनेटमा सेकोउ माराले गोल गर्दै साउथह्याम्पटनलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि ७५ औं मिनेटमा जुलियन अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।

शनिबार रातिको खेलमा दुई गोल गरेपछि हाल्याण्डले यो सिजन लिगमा २७ खेलबाट ३० गोल गरेका छन् । साथै हाल्याण्डले एकै सिजन ४४ गोल गर्ने मोहोमद सालाहको किर्तीमान पनि बराबरी गरेका छन् ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ । पराजित साउथह्याम्टन २३ अंक जोडेर पुछारमा छ ।