
काठमाडौं । काठमाडौं उपत्यका प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भए आफन्तले पाउने बिमा रकममा ठगी गर्ने गिरोहका थप दुई जनालाई आइतबार पक्राउ गरोको छ ।
पक्राउ पर्नेहरुमा वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा पशुपति अधिकारी र सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकी रहेका छन् ।
पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बिमा रकमबाट पाउने १३–१४ लाख रुपैयाँबाट ७–८ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो ।
विदेशमै मृत्यु भएको खण्डमा परिवारले १४ लाख पाउने प्रावधान छ भने छुट्टीमा नेपाल आउँदा मृत्यु भएकाको परिवारले १३ लाख पाउने गरेका छन् । उनीहरुले बिमा रकम दिलाउने भन्दै मधेशबाट मृतकका आफन्तलाई काठमाडौं ल्याएर राख्ने र ठगी गर्ने गरेको खुलासा भएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्