१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा जिल्ला अध्यक्ष पटेल जेल चलान


1.378k
Shares

काठमाडौं । जिल्ला अदालत बाराले जसपा जिल्ला अध्यक्ष अजय पटेललाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

आइतबार भएको थुनछेक बहसपछि जिल्ला अदालत बाराका न्यायाधिश प्रकाश राउतको एकल इजलासले यस्तो आदेश दिएको हो ।

पटेलमाथि बाराको परवानीपुरमा रहेको जग्गा कीर्ते गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

पटेलले बाराको परवानिपुर गाउँपालिका–६ मा रहेको १० बिगाह १५ कठ्ठा जग्गामा किर्ते कागज बनाई मोही खडा गरेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो ।