१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सप्तरीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते


312
Shares

काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा आइतबार राति कारले मोटरसाइललाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेत रहेकी छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एञ्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकी उनको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

ठक्कर दिने कार र कारका चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।