२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२ करोड मागेको अडियोमाथि अनुसन्धान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ


1.794k
Shares

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताउनु भएको छ ।

सोमबार बिहान चितवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे अनुसन्धान गरेर जे पुष्टि हुन्छ, त्यही अनुसार अघि बढ्ने बताउनु भएको हो ।

अडियोको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने गृहमन्त्री श्रेष्ठले बताउनु भयो ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।