
काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू भएको छ ।
बैठक केही बेर अघि बानेश्वरस्थित संसद भवनमा बसेको हो ।
गत शुक्रबार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएसँगै पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बसेको हो ।
कार्य व्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ ।
बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौदा समिति गठन लगायतमा छलफल चलिरहेको छ ।
प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्