
काठमाडौं । ललितपुर महानगरपालिकाले महिला हिंसा रोकथामका लागि हटलाइन सेवा सुरु गरेको छ ।
महानगरभित्र हुने कुनै पनि प्रकारको महिला हिंसा रोकथामका लागि महानगरले यस्तो हटलाइन डेस्क स्थापना गरेको बताएको छ ।
“लैङ्गिक हिंसा निवारणका लागि आर्थिक सशक्तिकरण र कानूनी चेतना, लैङ्गिक मैत्रीनगर निर्माण ललितपुर महानगरको चाहना” नारासहित महानगरले यस्तो सेवा सुरु गरेको हो ।
११३१ हटलाइनमा सुचना प्राप्त हुने बित्तिक्कै तत्काल महानगर प्रहरी पीडितको उद्धारका लागि लागि परिचालन हुने मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।
२४ सै घण्टा सञ्चालमा रहने बताइएको हट्लाइनमा उजुरी आएको केही मिनेटमै एम्बुलेन्स सहित महानगर प्रहरी सहयोगका लागि पुग्ने दाबी गरिएको छ । ललितपुर प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सिद्धिबिक्रम शाहले महानगरपालिकाले चालेको यो कदमले लैङ्गिक हिसा न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
महानगर प्रहरीले यो सेवाबारे जानकारी गराउन महानगरपालिकाका विभिन्न स्थानमा प्लेकार्ड सहित मोटरसाइकल र्यालीको समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्