
एजेन्सीि । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल शहरको एउटा बैंकका कर्मचारीले सहकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ ।
लुइसभिल शहरमा रहेको ‘वल्ड नेशनल बैंक’मा कर्मचारीले चलाएको गोली लागी मृत्यु हुनेमा ४० देखि ६४ वर्ष उमेर समुहका रहेका छन् । घटनामा ९ जना घाइते भएका छन् ।
गोली प्रहार गर्ने व्यक्ति सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गोली प्रहार गर्ने व्यक्तिका श्रीमती पनि सोही बैंकका कर्मचारी रहेको र गोलीकाण्डका बीच उनले भने सेफ्टी भल्टमा लुकेर ज्यान जोगाएको बताईएको छ ।
गोली प्रहार गर्ने व्यक्ति २३ बर्षको रहेको र उनले घटनामा राइफल प्रयोग गरेको पाइएको छ । बन्दुकधारीले सम्पूर्ण घटना इन्स्टाग्राममार्फत प्रत्यक्ष प्रसारण गरेको समेत पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्