१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति सेना लिएर युगाण्डा जान लागेको नेपाल एयरलाइन्सको उडान रद्द


3.523k
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जाने नेपाली सेनाका ७७ जना सैनिकको उडान अन्तिम समयमा रोकिएको छ ।

युगाण्डा जान लागेको नेपाल वायुसेवा निगमको चार्टर्ड उडानलाई अर्को अफ्रिकी देश इरिट्रियाले ओभरफ्लाई अर्थात आफ्नो नाका माथिबाट उड्ने अनुमति नदिएपछि उडान रद्द भएको छ ।

निगम प्रवक्ता रमेश पौडेलका अनुसार इरिट्रियाले अन्तिम सयममा कूटनैतिक माध्यमबाट आफ्नो मुलुकमाथि उड्ने अनुमति लिन भनेपछि सेनाको डफ्फा अदलीबदली गर्न तयार भएको निगमको चार्टर्ड उडान अन्तिम समयमा रद्द भएको हो ।

सोमबार काठमाडौंबाट दोहा हुँदै युगान्डा, त्यहाँबाट पुनः दोहा हुँदै मंगलबार काठमाडौं फर्किने तालिका रहेको यो चार्टर्ड उडान २० घण्टा हाराहारीको थियो । यो उडानका लागि दोहासम्म जाँदै गरेका निगमका चालक दलसहित १२ जना थिए ।

त्यहाँबाट यो चार्टर्ड उडानलाई युगान्डासम्म पुर्‍याउन अनि युगान्डाबाट दोहासम्म ल्याउने चार जना पाइलटसहित ६ जना क्याबिन क्रूलाई तीन दिनअघि नै दोहा पठाइएको थियो । उनीहरू अहिले त्यहीको होटलमा बसिरहेका छन् ।