१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरू


1.274k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ ।

बैठकमा सभामुख घिमिरे, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ​र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी रहनु भएको छ ।

यस्तै, बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी रहनुभएको छ ।

यसैगरी, बैठकमा महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडालको पनि सहभागिता रहेको छ ।

बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

गत शनिबार पनि शीर्ष नेतासँग सभामुखले छलफल गर्नुभएको थियो ।

छलफलमा माओवादीले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक छोटो बाटो मार्फत टुङ्ग्याउन प्रस्ताव राखेपनि एमालेले असहमती जनाएको थियो ।