२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउने तीन दलका शीर्ष नेताको समझदारी


442
Shares

काठमाडौं । प्रमुख तीन दलको बैठकले संक्रमणकालीन न्यायलगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी भएको छ ।

बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति गरेको हो ।

विषय र प्रक्रियामा थप छलफलका लागि अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

आज बिहानको छलफलमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकार र प्रतिपक्षका शीर्ष नेताहरूबीच छलफल भएको हो । बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेता सहभागी थिए ।

बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि सहभागी थिए । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए ।