
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले मुलुकमा सम्मुन्नति ल्याउने बताउनुभएको छ ।
मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राख्नुभएको हो ।
उहाँले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने बताउनुभयो । उहाँले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने बताउने दाबी गर्नुभयो ।
उहाँले व्यवसायीहरुको अनकुलतालाई प्रतिकुलतामा वदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताउनुभयो । उहाँले विभिन्न देशहरुमा भएको अर्थतन्त्रको उदाहरण दिँदै नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने बताउनुभयो ।
अध्यक्ष गोल्छाले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पु¥याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताउनुभयो ।
उहाँले महासंघ सरकारविरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने बताउनुभयो । उहाँले अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताउनुभयो । उहाँले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि बताउनुभयो ।
उहाँले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताउनुभयो । उहाँले वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिनुभयो । उहाँले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अपm्ठ्यारो पर्ने भन्दै सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्